विप्लव समुहद्वारा ठेकेदारहरुलाई कारबाहीको चेतावनी (विज्ञप्तिसहित)

709
views

काठमाडौं, २० भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएकाहरुमाथि कारबाहीको चेतावनी दिएको । उसले कम्पनि र सञ्चालकको नाम उल्लेख गरी कारबाहीको चेतावनी दिएको हो ।

आज विप्लव नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा मल आपूर्तिको जिम्मा पाएका देखि रेल निर्माणका ठेकेदारहरुको नाम नै उल्लेख गरी कारबाहीको चेतावनी दिएको हो । प्रकाण्डले कारबाहीको चेतावनी दिएकामा शैलुङ कन्स्ट्रक्सन कम्पनिका शारदाप्रसाद अधिकारी र होबिको मल्टिपल कम्पनिका होमनाथ कोइराला छन् । उनीहरुलाई सस्तो दरमा मल आपूर्ति गर्ने ठेक्काको नाटक रचीएको विप्लव नेकपाको आरोप छ ।

अधिकारी र कोइरालाका कम्पनिहरु निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु बर्षौंसम्म अलपत्र पार्ने कम्पनि भएको भन्दै प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’

कृषिमन्त्री घनश्याम भुषालले बङ्गलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयासलाई किसानहरुको बालीनालीमाथिको खेलवाड र राष्ट्रका विरुद्ध अक्षम्य आपरधकि खेलको रुपमा लिइएको भनिएको छ ।

यसैगरी पूर्व पश्चिम रेलमार्ग परियोजना अन्र्तगत काँकडभिट्टा इनरुवा खण्डमा माटो भने योजना अन्र्तगतको ३३ अर्बमाथिको ठेक्का मुआब्जा वितवरण नगरी आर्थिक मुल्यांकनविनै सिन्डिकेट बनाएर विभिन्न कम्पनिलाई ठेक्का दिएकोमा विप्लव नेकपाले आपत्ती जनाएको छ । उसले कर्मचारी, कम्पनि र ठेकेदारमाथि समेत कारबाहीको चेतावनी दिइएको छ ।

विप्लव समुहले कारबाहीको चेतावनी दिएकोमा रेल विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एन्ड कम्पनिका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनिका ग्याल्जे शेर्पा, कालिका कम्पनिका विक्रम पाण्डे र लामा कम्पनिका जिपछिरिङ लामा छन् । उनीहरुमाथि छ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ गरेको आरोप लगाइएको छ । लामा काँग्रेस र पाण्डे राप्रपाका नेता समेत हुन् ।

प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, ‘मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनि एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक, ठेकेदार गिरोहलाई सरकारले तरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ ।’