कोरोना भाइरस तथा आपराधिक घटनाबारे सचेतना

1128
views

पर्वत, २०, भदौ । कोरोना भाइरस कोभिड १९ तथा समाजमा घट्न सक्ने बिभिन्न आपराधिक घटनाहरुसंग सम्बन्धित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा समुदायिक सेवा केन्द्र कुश्माको सहकार्यमा पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौ स्थित श्री बनौ मा.वि. मा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले विभिन्न आपराधिक घटानाले समाजमा पर्न गएको असर र यस सम्बन्धीत प्रचलित ऐन, नियमका बारेमा प्रष्ट पारेका थिए ।

अधिकारीले समाजमा उत्पन्न हुने अधिकांश अपराधजन्य क्रियाकलापहरु लागु पदार्थ तथा मदिरा सेवनको कारणवाट नै हुने गरेको भन्दै मदिराजन्य पदार्थहरुको प्रयोगमा वन्देज लगाई मदिरा सेवन गर्ने व्यक्तिहरुले वानी व्यवहार तथा आचारणमा सुधार गर्नुपर्ने बताए ।

उनले कोरोना भाइरसबाट बच्नका लागि बेला–बेलामा साबुन पानीले राम्ररी हात धुने, घरबाट बाहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा सामाजिक दुरी ( कम्तिमा २ मिटर ) कायम राखि कार्य गर्नुपर्नेमा सुझाएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले समाजमा शान्ति स्थापना गर्न सबै व्यक्तिहरु नै जिम्मेवार हुने हुँदा समाजमा रहेका विकृति विसंगति हटाई समाजमा अमनचयनको वातावरण वनाउनुपर्नेमा जोड दिए ।

जलजला गाउँपालिका वडा नं. ९ का वडाअध्यक्ष गौ बहादुर पूर्जाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रमको विषयबस्तुका बारेमा प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन जलजला गाउँपालिका वडा नं. ९ का वडा सचिव राम प्रसाद रिजालले गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल हे.क्वा. गण नं. २५ का सशस्त्र प्रहरी उपरीक्षक बिजय के.सी., केवलजंग गुल्मका सेनानी रमेश थापा, राष्ट्रिय अनुसन्धान पर्वतका प्रमुख भिमकाजी गुरुङ, सहयक प्रमुख जिल्ला अधिकारी बिमल गौतम, सामुदायिक सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, स्थानिय राजनितिक दलका प्रतिनीधीहरु, सम्बन्धीत वडाका वडा सदश्यहरु, ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवी लगायत अन्य सर्वसाधारणहरु गरी २५ जनाको उपस्थिति रहेको थियो ।