गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

652
views

काठमाडौं । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना थपिएका हुन् ।

जस अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी ९स्टाफनर्श० पनि छन् ।

यसै गरी लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २५१४ पुगेको छ ।