त्रिशूली नदीमा डुबेर एकजना बेपत्ता

545
views

रत्ननगर । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब २ः३० बजेको समयमा एक पुरुष बेपत्ता भएका छन । चितवनको दासढुङ्गास्थित त्रिशूली नदीमा डुबेर बेपत्ता भएका ति युवकको घर तनहूँको देवघाट गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका वडा नम्बर २९ मा डेरा गरी बस्ने २५ वर्षीय भीमबहादुर थापा भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको वडा नं २९ स्थित दासढुङ्गामा उनी माछा मार्न गएका बेला पौडी खेल्न नदीमा गएको प्रहरीले जनाएको छ । सोही क्रममा नदीमा डुबेका उनको अवस्था अज्ञात छ । अहिले प्रहरी र स्थानीयको एक टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।