बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार एक जना कारोना संक्रमितको मृत्यु

627
views

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

आइतबार बिहान पौने ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानाका प्रवक्ता निदेश सापकोटाले बताएका हुन्। मृतक झापा कन्काई नगरपालिका–३ की ४५ वर्षीया हुन्।

उनमा कमजोरी तथा कब्जियतको समस्या देखिएको र मेची अस्पताल झापामा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि ती महिलालाई भदौ १८ गते प्रतिष्ठानमा रिफर गरिएको थियो। उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा खाले निमोनिया देखिएको प्रतिष्ठानले जनाएको छ।