कोरोनाबाट आठ लाख ८७ हजार पाँच सय बढीले ज्यान गुमाए

409
views

काठमाडौं, २२, भदौ २२ । विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख नाघ्दा आठ लाख ८७ हजार पाँचसय बढीले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या आठ लाख ८७ हजार पाँच सय ४९ पुगेको छ ।

एक करोड ९३ लाख ७० हजार आठ सय ५८ जनाले कोरोना जितेका छन् ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजार दुई सय ५०, ब्राजिलमा एक लाख २६ हजार ६ सय ८६, भारतमा ७१ हजार ६ सय ७८, मेक्सिकोमा ६७ हजार पाँच सय ५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।