नेकपाको स्थायी समिति बैठक यही भदौं २६ गते बोलाउने निर्णय

342
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक यही भदौं २६ गतेका बोलाउने निर्णय भएको छ ।

सोमबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थायी समिति बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छ।

गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटक–पटक सारिएको थियो । पार्टीभित्रको आन्तरिक विवादपछि साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए। सोही दिन अर्का अध्यक्ष प्रचण्डले ओली समूहका २९ जना स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक सञ्चालन गरेका थिए।

प्रचण्डले बैठकमा प्रधानमन्त्रीले पूर्वनिर्धारित बैठकलाई बिना छलफल स्थगित गर्नुलाई पार्टी विधान विपरित भएको भन्दै आपत्ति जनाएका थिए। ओलीलाई प्रचण्डले उत्तेजित नभइ संवाद र एकतामै जोड दिन आग्रह समेत बैठकमा गरेका थिए।