काँग्रेसका २० कार्यकर्ता काँग्रेस छाडी नेकपामा

561
views

पर्वत । नेपाली काँग्रेसमा आवद्ध पर्वतका २० भन्दा बढी कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । कुश्मा नगरपालिकाका विभिन्न वडाका युवाहरु नेकपा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले टिका र खाँदा लगाएर नेकपामा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा कुश्मा–५ का दिपक श्रेष्ठको नेतृत्वमा श्रेष्ठ सहित संगम श्रेष्ठ, मक्तार अली, मोहम्वद अली, कुश्मा २ का सागर पौडेल, कुश्मा ५ कै विकास बोहोरा, रोशन बोहोरा, दिवस बोहोरा, कमल कुँवर, सुजल श्रेष्ठ, प्रदिप परियार, अविनास सुनार, योगेश पुन, विवेक पुन र संगम पौडेल रहेका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका वडा नं. ८ चुवाबाट नेपाली काँग्रेस छाडेर इन्द्रबहादुर क्षेत्री, सुदिप लामा, गोपाल जिसी, सजिन केसी र कृष्ण जिसी नेकपामा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा पर्वतका कार्यालय सदस्य गोविन्द पहाडी युवा नेताहरु शिवप्रसाद पौडेल, शंकर गिरी, सुवासचन्द्र पौडेल, अमर सुनार, थमनारायण पौडेल, अर्जुन पौडेल ‘निर्जन’ गिरी लगायतले स्वागत गरेका थिए ।