कोरोना संक्रमणका कारण वीरगञ्जमा एक पुरुषको मृत्यु

519
views

काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु भएको छ ।

महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा सोमबार राति मृत्यु भएको हो । ति पुरुषमा भदौ १४ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमतिमध्ये १३ जना पर्सा, ९ जना बारा र ७ जना रौतहटका रहेका छन ।