हेटौंडाका उद्योगी विके बोस नागरिकता मुद्दामा पक्राउ

483
views

हेटौंडा, २३, भदौ । हेटौंडाका उद्योगी विप्लपकान्ती (विके) बोस नागरिकता मुद्दामा पक्राउ परेका छन् । ५९ वर्षीय विके बोसलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मद्दामा उनी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले हेटौंडा–४ गर्दोईबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनलाई रौतहट पठाउने तयारी भईरहेको छ ।

बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक हुन् । उनी व्याडमिन्टनका राष्ट्रियस्तरका खेलाडी समेत हुन् ।