मोदी गाउँपालिका : कोरोना रोकथाममा ३९ लाख बढी खर्च

813
views

पर्वत, २४, भदौ । पर्वतको मोदी गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा साढे ३९ लाख बढि खर्च गरेको जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीका अनुसार गत चैत ११ गतेपछि कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि हालसम्म साढे ३९ लाख रुपैया खर्च भएको हो ।

गाउँपालिकाले राहत सामाग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार प्रसार लगायतमा ३९ लाख ६४ हजार ३ सय ७६ रुपैयाँ खर्च भएको हो । यस्तै मोदीले हेल्थ डेस्क संचालनका लागि २ लाख ५ हजार, क्वारेन्टीन निर्माण तथा व्यवस्थापनका लागि २ लाख २८ हजार, सामुहिक मेश संचालन गर्न ४५ हजार ८ सय ४५, पिपिई लगायत स्वास्थ्य समाग्र खरिदका लागि ७ लाख ५७ हजार, राहत वितरणमा १५ लाख २७ हजार, कोरोना अस्पतालका लागि ३ लाख, जिल्ला क्वारेन्टिन व्यवस्थापन खर्च ६ लाख ५० हजार, कोभिडमैत्री कार्यालय व्यवस्थापनमा १ लाख ४१ हजार र जनचेतनामुलक कार्यक्रममा ६२ हजार ४ सय रुपैयाँ खर्च गरेको छ ।

कोरोना भाईरसको संक्रमण पछि मोदीले स्थापना गरेको कोरोना राहत कोषमा ४२ लाख ३३ हजार ५ सय रुपैयाँ जम्मा भएको थियो । गाउँपालिकाले कोषमा रु १२ लाख जम्मा गरेको थियो भने अन्य रकम कर्मचारी, जनप्रतिनिधि, विभिन्न सामाजिक संघ संस्था, व्यावसायी लगायतवाट प्राप्त भएको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पनि कोरोना भाईरस नियन्त्रण तथा रोकथाममका लागि कोभिड कोषमा पालिकाले १ करोड ५० लाख रुपैया बिनीयोजन गरेको जनाएको छ ।