काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

374
views

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ३९६ जनामा संक्रमण देखिएको थियो।

काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ९०२ जनामा संक्रमण देखिएको थियो।

१५ हजार २५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका होम आइसोलेसनमा ७ हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ। बुधबार ११ हजार १६७ वटा पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ। यो ६८.८प्रतिशत हो। यस्तै आइसीयूमा १६२ जनाको उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका अनुसार हालसम्म सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संख्या रहेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ३१२ जनाको मृत्यु भएको छ। आज मात्रै कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। मंगलबार पनि ६ जनाको मृत्यु भएको थियो।