कालिकोटमा स्वास्थ्यकर्मी मृत अबस्थामा भेटिए

726
views

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा न‌ं ४ मा ४० कालिकोटमा एकजना मृत अबस्थामा फेला परेका हुन् । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा न‌ं ४ का ४० वर्षिय स्वास्थ्यकर्मी रतन बोगटी मृत अवस्थामा फेला परेका छन् ।आईतबार २१ गते राति देखी हराएका बोगटी बुधबार वडा न‌ १ कोटबाडाको अधेरीखोलामा मृत अवस्थामा फेला परेको कालिकोट प्रहरीले बताएको छ ।

लामो समयदेखी गाउँपालिकाको वडा न‌ ६ माल्कोटमा आफ्नै निजी मेडिकल सञ्चालन गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका बोगटी गत आईतबार २१ गते राति देखी हराएका थिय ।

पारिवारिक स्रोतले हराएको सूचना बताउदै आएकोमा स्थानीय बासी र आफन्तको खोजी कार्यमा बुधबार वडा न‌ १ कोटबाडाको अधेरीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलतर्फ केन्द्रित भएको ईलाका प्रहरी कार्यालय कुमाल गाउँका ईन्चार्ज लोकराज योगीले जानकारी दिए ।