कास्की काँग्रेसद्वारा वीपीको शालिकमा माल्यार्पण

502
views

पोखरा, २४, भाद्र । महामानव विश्वेश्वर प्रसाद कोईराला (विपी) को १०७ औ जन्मजयन्ति आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । वीपी जयन्तिका अवसरमा नेपाली कांग्रेस वीपी कास्कीले पोखराको चिप्लेढुंगामा रहेको विपिको सालिकमा माल्यार्पण गरि श्रद्धापुर्वक सम्मान व्यक्त गरेको छ ।

पछिल्लो परिस्थितीमा पनि विपिका विचार तथा आर्दशहरु उत्तिकै सान्दर्भीक रहेको विपि कांग्रेस कास्कीले बताएको छ । विपिको सालिकमा माल्र्यापण गर्दै नेपाली कांग्रेस विपि कास्कीका सभापति चन्द्र बहादुर रानाभाटले विपिको सिद्धान्त, आर्दश र विचारलाई सधै सिरोधार्य गरि आत्मसाथ गर्ने बताए ।

मुलुकमा जारी राजनीतिक विचलन र विचारको स्खलनले विपिको आवाश्यकता महसुस गरिएको रानाभाटले बताए । विपिले भनेको जस्तै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि निरन्तर लगाव आवाश्यक रहेको सभापति रानाभाटले उल्लेख गरे ।

नेपाली कांग्रेस विपिका केन्द्रय सदस्य खडक बहादुर विश्वकर्माले नेपाली कांग्रेसले विपिको आदर्श र मार्ग विर्सिएका कारण विघटन तर्फ उन्मुख भएको बताए । विपिले नेपाल र नेपालीका लागि सामाजिक तथा राजनीतिक रुपमा निकै ठुलो गुण लगाएको र त्यस गुणको अहिले विभिन्न बाहानामा अवमुल्यन गर्ने प्रयत्न गरिएको विश्वकर्माले बताए ।

यस्तै पार्टीका उपसभापति तिर्थ प्रसाद अधिकारीले नेपालको राजनीतिमा विपिको योगदानलाई बिर्सिएर विभिन्न प्रकारका चलखेलहरु भैरहेको बताए । उनले विपिको उद्देश्यलाई सार्थक रुप प्रदान गर्नका लागि प्रजातन्त्रवादीहरु एकिकृत भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

यस्तै विपि कांग्रेसकी महिला सभापति लक्ष्मी नेपालीले विपिको विचारलाई सदैव अमर राख्नुपर्ने बताईन् । विपिको जन्मजयन्तिका अवसरमा चिप्लेढुंगा स्थित विपिको सालिकमा पुष्पगुच्छा सहित माल्यार्पण गरिएको थियो ।