पर्वतको कटुवाचौपारीमा वेवारिसे शब फेला

972
views

पर्वत, २५, भदौ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवचौपारीमा वेवारिशे शव फेला परेको छ । पाटेश्वरी मन्दिर नजिकै अन्दाजी पुरुषको वेवारिसे शब फेला परेको हो । बुधवार दिउँसो शब भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीन र चार दिन अघि मृत्यु भएकोजस्तो देखिने त्यो शव कालो जिन्स पाईन्ट, सेतो र रातो धर्से सर्ट वेवारिसे अवस्थामा भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

उक्त शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।