कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

601
views

काठमाडौं  । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो ।

प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने तीन सय १७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिले १४ हजार चार सय ४८ संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा आठ हजार १० र होम ६ हजार ४३८ जनाको उपचार भइराखेको छ। २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या आठ लाख १० हजार ४८५ पुगेको छ ।

संक्रमित मध्ये ३५ हजार ७ सय जना निको भएर कुल डिस्चार्ज भएका छन् ।