सरकार कोरोना रोकथाममाभन्दा भ्रष्टाचारमा लिप्त–अर्जुनप्रसाद जोशी

829
views

गोपाल जिसी
पर्वत, २५, भदौ । प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता एवं संविधान सभाका सदस्य अर्जुन प्रसाद जोशीले सरकार कोरोना महामारीको नियन्त्रणभन्दा पनि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेता जोशीले विहिवार पर्वतमा आयोजित नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोईरालाको एकसय ७ औ जन्मजयन्तीको अवसरमा बोल्दै लकडाउनका कारण मजदुरहरुको अवस्था दयनिय भैरहेको बेला सरकार भ्रष्टचारमा लिप्त बनिरेहको आरोप लगाए ।

नेता जोशीले भने ‘आम नागरिक महामारीसँग लडिरहेका छन् तर दुईतिहाईको सरकार भने कार्यकर्ता पाल्ने भ्रष्टाचार गर्नेतर्फ उन्मुख बनेको छ ।’

वीपीको जन्मजयन्तिको अवसरमा नेता जोशीले पर्वत मालढुङ्गाका एकसय र नयाँपुलमा रहेका एकसय पचासभन्दा बढी मजदुरहरुलाई राहत समाग्री खाद्यान्न समेत वितरण गरेका थिए ।

कुश्मा नगरपालिका–८ का अध्यक्ष राजकुमार क्षेत्री र कुश्मा दुईका वडा अध्यक्ष यदुनाथ बास्तोलाको संयोजनामा संकलित राहत वितरण गर्दै नेता जोशीले सरकारका गतिविधिले नै सरकार असफल समेत रहेको भन्दै मजदुरको सहयोगार्थ वीपीको विचार अविष्मरणीय रहेको स्मरण गरे ।

कार्यक्रममा कुश्मा नगरपालिका उप–प्रमुख सिता काफ्ले लामिछानेले कोरोना नियन्त्रणको लागि स्थानीय सरकारहरुले सक्दो प्रयास गरेको उल्लेख गरिन् ।

कार्यक्रममा लकडाउनमा काम गर्न नपाएका कारण ज्याला मजदुरी गरेर दैनिक गुजार चलाउन मजदुरलाई समस्या भईरहेको आवस्थामा काँग्रेसले खाद्यान्न लगायतका सामाग्रहरु लिएर सुकुम्बासी बस्तिमा आएको दुर्गा बहादुर भण्डारीको भनाई थियो ।

जन्मजयन्तिको अवसरमा प्रति परिवारलाई १५ केजी चामल, दाल र तेल, नु्न र सोयावीन वितरण गरीएको थियो । कार्यक्रमको सञ्चालन असोक उचाई ठकुरीले गरेका थिए ।