कोरोना रोकथामका लागि कुश्मा नगरपालिकाद्धारा १ करोड १९ लाख खर्च

725
views

पर्वत, २६, भदौ । पर्वतको कुश्मा नगरपालिकाले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च गरेको छ ।

कोराना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको २ करोड ६३ लाख ५ हजार रुपैया जम्मा भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिए । कोषमा १ करोड ४४ लाख ९ हजार रुपैया मौज्दात छ ।

पंगिनीका अनुसार प्रकोप व्यवस्थापन कोषमा गत वर्षको मौज्दात १० लाख १ हजार रहेको थियो भने कोरोना नियन्त्रण कोषमा २ करोड बिनीयोजन भएको थियो । त्यसैगरी मुख्यमन्त्रीको कार्यालयद्धारा राहत वितरणका लागि रु १० लाख, सामाजिक विकास मन्त्रालयवाट क्वारेन्टीन व्यवस्थापनका लागि ६ लाख ५० हजार, प्रधानमन्त्री उद्धार कोषबाट २ लाख २८ हजार, ६ सय २५, नगरपालिकाका कार्यरत कर्मचारीवाट ९ लाख ७५ हजार २ सय ५३, क्षिकहरुवाट १० लाख ४० हजार ७ सय २ र अन्य पदाधिकारी संघ, संस्थाहरुवाट १४ लाख ९ हजार ३ सय ४६ आम्दानी भएको थियो ।

उक्त रकम मध्येवाट नगरपालिकाले वडागत रुपमा राहत वितरणका लागि ४६ लाख ९५ हजार ४ सय, पुलिङ क्वारेन्टिनको खर्च २६ लाख १८ हजार, पिपिई, औषधीजन्य सामाग्री, मास्क र सेनिटाईजरका लागि १२ लाख ३८ हजार, वडागत क्वारेन्टाईन व्यवस्थापनका लागि २९ हजार ३ सय ७५रुपैया खर्च भएको छ । त्यसैगरी कोभिड नियन्त्रण सामाग्री र जनचेतनामा २ लाख ७७ हजार, कोरोना अस्पताल व्यवस्थापनमा ३० लाख ३६ हजार खर्च भएको छ ।