पर्वतमा समुदायमा कोरोना देखियो, सिल गर्ने तयारी

657
views

पर्वत, २६, भदौ । पर्वतमा समुदायमा कोरोना संक्रमण देखिएको छ । समुदायमा कोरोना देखिएपछि एक हप्ता कुश्माबजार सिल गरिने भएको छ । आज शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्वर वडामा शिल गर्ने निणर्य भएको हो ।

अत्यावश्यक काम बाहेक अन्य सवैजसो सेवा बन्द गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आज भेटिएका एक जना क्वारेन्टीनमै रहेको तर अर्का एक जना समुदायमा अलि बढि घुलमिल भएकोले अलि संवेदनशिल मानेर शिल गर्ने निणर्य गरिएको रेग्मीले बताउनुभयो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ का ६८ वर्षिय बृद्ध र वडा नं. ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको हो । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको भनिएपनि उनिहरु समुदायवाट स्वाब स.कलन गर्ने क्रममा संक्रमित भेटिएका हुन् ।

संक्रमितहरुलाई कुश्माको आइशोलेशन अस्पतालमा लैजाने तयारी भएको सिसीएमसी पर्वतले जनाएको छ ।

उहाँहरु सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइशोलेशनमा उपचार भैरहेको छ ।