कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुग्यो

399
views

काठमाडौं, २६ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको र तीन सय १७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेको पुष्टि गरे ।

पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको भएको मन्त्रचालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार ६३४ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १९१ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

आइसीयूमा १७० जनाको उपचार भइरहेको छ भने २५ जना भेन्टिलेटरमा छन् । नेपालमा कोरोनाबाट हालसम्म ३२२ जनाको मृत्यु भएको छ ।