कोरोनाले नौ लाख १९ हजार सात सयको ज्यान गयो

591
views

काठमाडौं, २७, भदौ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ८६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ५६ हजार सात सय ८४ पुगेको छ ।

शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख १९ हजार सात सय ६ पुगेको छ भने कोरोना जित्नेको संख्या दुई करोड पाँच लाख ८२ हजार पाँच सय ८४ नाघेको छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९७ हजार चार सय २१, ब्राजिलमा एक लाख ३० हजार चार सय ७४, भारतमा ७७ हजार पाँच सय ६, मेक्सिकोमा ७० हजार एक सय ८३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।