पौडेलले मुख खोले – थापाभन्दा विमलेन्द्र वरिष्ठ

254
views

नवदृष्टि संवाददाता
काठमाण्डैा , २५ चैत्र । सत्ता सहमतिमा शसंकित नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई प्रधानमन्त्री पछिको दोस्रो वरियतामा राख्नुपर्ने बताए । नेता पौडेलले पार्टीको हैसियत अनुसार सरकारमा स्थान पाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले ठूलो पार्टीको हैसियतले उपप्रधानमन्त्री निधिलाई नै दोस्रो वरियतामा राख्नु पर्ने बताउँदै सिङ्गो पार्टीले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्नुपर्नेमा जोड दिए ।
बैठकमा पौडेलले भने पार्टीको हैसियत अनुसारको सम्मान हुनपर्दछ, यसै अनुसार संसदको ठूलो दल कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका गृहमन्त्री निधिलाई नै दोस्रो वरियतामा राख्नु पर्छ ।
पौडेलले कांग्रेस प्रमुख सत्तासाझेदार दल मात्रै नभएर संसदकै ठूलो दल भएकाले पनि सरकारको नेतृत्व गरेर जाने जो कोही नेता भएपनि सरकारमा सम्मानजनक स्थान दिनु पर्ने बताउँदै ‘पार्टीको जेष्ठता र उचाईँ हेरेर सरकारमा रहँदा होस् वा बाहिर रहँदा होस् । ठूलो पार्टीको हैसियतमा दिनुपर्ने सम्मान दिइनुपर्छ, त्यसैले निधिजीलाई दोस्रो वरियताक्रम दिइनुपर्छ, ।
उक्त बैठकमा बरियताबारे सभापति शेर बहादुर देउवाले केही बोलेका छैनन् । देउवाल भने ‘हिजो २०६४ साल होस् वा २०७० सालको निर्वाचन होस् मान्छेले यसैगरी निर्वाचन हुँदैन भन्थे चुनाव भइछोड्यो । त्यसैले वैशाख ३१ मा पनि स्थानीय तहको निर्वाचन हुन्छ, हुन्छ । निर्धारीत समयमा तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी लाग्न सबै केन्द्रीय सदस्य तथा सांसदहरु लागौं ।’