बाढिपहिरो प्रभावितलाई राहत

562
views

पोखरा, २८, भदौ । नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई दुई÷दुई हजार रुपैयासहित खाद्यान्न सहयोग गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोली सहयोग लिएर बराहथोक पुगेको थियो ।

भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुर्दा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो । दुई घर परिवार विस्थापित भएका थिए ।

कार्यक्रममा पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले प्रतिपक्षमा रहेर पनि काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए ।

कास्की काँग्रेस सभापति कृष्ण केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापन गर्ने पार्टीले सरकारसँग समन्वय गर्ने उल्लेख गरे ।

नेपाली काँग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बलराम गुरुङले संचालन गरेका थिए ।