सिन्धुपाल्चोकमा फेरी पहिरो : २२ जना बेपत्ता

454
views

सिन्धुपाल्चोक  । बाह्रविसे नगरपालिका–७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा २२ जना बेपत्ता भएका छन् । परिहोमा पुरिएका दुईजनाको शव भेटिएको छ । पहिरोले १८ घर बगाएको छ ।

पहिरोमा परि ज्यान गुमाउनेहरुमा नागपुजेका ६३ वर्षीय भक्तिमाया श्रेष्ठ र भीरखर्कका जुनु श्रेष्ठ रहेको स्थानीय प्रशासनले दिएको छ । गएरातिको अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका स्थानीय बेपत्ता भएका हुन् ।

स्थानीयका अनुसार नागपुजेमा आठ घर तथा भीरखर्कमा १० घर पुरिएको छ ।