बागलुङ पहिरोमा परि एकको मृत्यु, एकजना वेपत्ता

701
views

सीताराम थापा
बाग्लुङ, २८, भदौ । गएराती परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि बागलुङ जैमिनिमा एक जनाको मृत्यु भएको छ घने अर्का एकजना बेपत्ता भएका छन् ।

पहिरोमा परि ८ जना घाइते भएको स्थानीयको भनाई छ । जैमिनी वडा नं. १ कुश्मिशेराको टुनिबोटमा घरमाथिबाट आएको पहिरोले पुर्दा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान मणिभद्र पाध्या र छोरी देवी शर्मा घाइते अवस्थामा उद्धार गरिएको छ ।

उनीहरुलाई प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेरामा उपचार भैरहेको प्रहरी निरीक्षक हेम केसीले बताए ।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा पहिरोले टुनीबोटका तीन घरमा क्षति भएको वडा अध्यक्ष भुपेन्द्र थापा मगर बताउँछन् ।

टुनीबोटमा तीन गोठ सहित केही पशु चौपाया समेत पहिरोमा पुरिएर मरेका छन् ।

जैमिनी नगरपालिका वडा न.–५ बिनामारे सिम्लेमा पहिरोले एक घर पुरेर ७० वर्षीया बृद्धा बेपत्ता भएर हराएको अवस्था छन् ।

सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा पौडेलकी आमा ७० वर्षीया जालपादेवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

बाँसको झ्याङ्गले अठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचारका लागि पठाइएको छ । सडक निर्माणले पहिरो जाने र घटना भएको स्थानिय बताउँछन ।