इंग्ल्यान्डविरुद्धको एक दिवशीय श्रृङ्खलामा अस्ट्रेलियाको कब्जा

93
views

असोज, १ गते । इंग्ल्यान्ड विरुद्धको तीन खेलको एक दिवशीय श्रृङ्खला अस्ट्रेलियाले २ – १ ले जितेको छ । गएराति सम्पन्न तेस्रो तथा अन्तिम प्रतियोगिता ३ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रृङ्खलामाथि कब्जा जमाएको हो ।

यस अघि शुक्रबार भएको प्रतिस्पर्धामा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो भने आइतबार भएको दोस्रो प्रतियोगितामा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो ।

गएराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनायो । खेलको आरम्भ खासै राम्रो गर्न नसकेको इंग्ल्यान्डका पछिल्ला ब्याट्सम्यानहरु सम्हालिएर खेल्दा ३ सय २ रनको योगफल तयार पार्न सफल भयो । उसका लागि जोनी ब्रेस्टोले १ सय १२ रनको शतकीय योगदान दिएका थिए ।

३ सय ३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा २ बल बाँकी छँदै ३ सय ५ रनको योगफल तयार पारेर जित सुनिश्चित ग¥यो ।

अस्ट्रेलियाको जितमा एलेक्स क्यारीको १०६ रनसहितको शतकीय पारी र ग्लेन म्याक्सवेलको १०८ रनको शतकीय पारीले ठूलो भूमिका निर्वाह ग¥यो । यो जितमा योगदान गर्ने म्याक्सवेल प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज दुवैको उपाधि जित्न सफल भए ।