लामो दूरीका गाडी सञ्चालनमा

1103
views

काठमाडौँ, १, असोज । कोरोना भाइरसका कारण रोकिएका लामो दूरीका सार्वजनिक यातायात आज बिहीबारबाट सञ्चालनमा आएका छन् । सरकारी निर्णयसँगै लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका हुन् ।

आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिएका थिए ।

सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै सुरक्षित तरीकाबाट सवारी साधन चलााउने गरी सञ्चालनमा आएका हुन् ।

कोरोना महामारीअघि जुन जुन ठाउँमा गाडी खाजा खान रोकिन्थे, ती ठाउँमा स्थानीय तह, ट्राफिक प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गराएर अनुगमन गराई सञ्चालन गर्ने सहमति भएको समेत हमालले बताए ।

यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी भएको निर्णयसँगै यात्रुलाई गाडीमा उभ्याउन नपाइने र यात्रुले सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान अनाुसार सवारी साधन सञ्चालनमा आएका हुन् ।