पर्वतको कुर्घा पहिरोको उच्च स्तरीय टोलीद्वारा अवलोकन

696
views

पर्वत, २ असोज । पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घा स्थित फल्लामा गएको पहिरोको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहितको टोलिले स्थलगत अबलोकन गरेको छ ।

उक्त पहिरो अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी रेग्मी, फलेवास नगरपालिकाका उप–प्रमुख मन्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी, सशस्त्र प्रहरी प्रमुख सोम बहादुर गुरुङ, स्थानीय जनप्रतिनिधि, इन्जिनियर, प्राबिधिक लगायतको टोलि गएको हो ।

कुर्घाको पहिरोले मर्माहत बनाएको बताउदै पीडितलाई राहत र पुनःस्थापनाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र संघ र प्रदेश सरकारलाई पनि सहयोगको अपिल गर्ने उपप्रमुख मन्जु अधिकारीले भनाई छ ।

पहिरो पीडित स्थानीयले आफुहरु बाढी र पहिरोको उच्च जोखिममा रहेकाले जतिसक्दो छिटै सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन अनुरोध गरेका छन् ।