जनकपुर आउँदै दुई सेट रेल

454
views

जनकपुरधाम, २, असोज । लामो प्रतिक्षापछि एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ  ।

नेपाल रेलवे विभागका अनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ । जनकपुर–जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदै छ ।

रेल विभागका अधिकारीहरुको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ ।

जनकपुर–जयनगर रुटमा चलाउन नेपाल सरकारले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसनसँग दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा खरिद गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।