सिद्धान्त, निष्ठा र मूल्यको राजनीति आवश्यक–सिंह

564
views

काठमाडौं, २, असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् । सिंहको २३ आौं स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।

ञञनेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ । उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यहि मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ झझ सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने । नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जिवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताए । प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उहाँलाई नेपाली जनताले सँधै सम्झिरहने सिंहको भनाई थियो ।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्विकारेको पनि सिंहले बताए । सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए ।

त्यस्तै नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताकम लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामाग्रि खरिदमा समेत घोटाा हुँदा जनताले सरबारसँग चित्त दुखाएको सिंहको भनाई थियो । दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश संघीयतामा गइसकेपनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावना विपरित नजान पनि सरकारलाई सचेत गराए ।

जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिएपनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटि प्रिन्टिंग प्रेस लगायतका काण्डमा मुछिएको बताए ।