गण्डकी प्रदेशमा थपिए १५ जना संक्रमित

1021
views

पर्वत, ३, असोज । गण्डकी प्रदेशमा शनिवार बिहान ४ जिल्लाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितहरुको संख्या तीन हजार ३५१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका–६ का ४५ र ४० वर्ष उमेरका दुई जना पुरुष, हुप्सेकोट गाउँपालिका–४ का ३५ र ३६ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. ३ का ४५, ५८ र २४ वर्ष उमेरका पुरुष तथा ५६ र ४२ वर्षीया महिला र वडा नं. ५ की ३७ वर्षीया महिला रहेका छन् ।

पर्वत जिल्लामा पनि थप २ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू कुस्मा नगरपालिका–६ की ५७ वर्षीया महिला र नेपाली सेनामा कार्यरत ३५ वर्षीय जवान रहेका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाका २१ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–६ का ४२ वर्षीय पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ । नवलपरासीको हुप्सेकोट–५ की महिला स्वास्थ्य स्वयंसेवीका रहेको निर्देशनालयले जानकारी दिएको छ ।