सांग्रिला होटलमा मजदुर संघ

937
views

पोखरा, ३, असोज । पोखराको चल्तीमा रहेको होटल संग्रिलामा मजदुर संघ दर्ता भएको छ । श्रम तथा रोजगार कार्यालय कास्कीमा दर्ता भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ सांग्रिला भिलेज रिसोर्टले जनाएको छ ।

२०७९ भदौ ३० गतेसम्मको मान्यता अवधिसहित श्रमिक संघ गठन भएको हो । श्रमिक संघ रिसोर्टमा प्रतिष्ठानस्तरको ट्रेड युनियन पहिलो पटक दर्ता भएको छ ।

रिसोर्टमा कार्यरत लोकप्रसाद पौडेल अध्यक्ष रहेको श्रमिक संघमा उपाध्यक्ष विरेन्द्र मल्ल ठकुरी, सचिवमा चन्द्रबहादुर पौडेल, सहसचिवमा हरिकृष्ण खिचाजु, कोषाध्यक्षमा चक्रबन्धु रेग्मी, सहकोषाध्यक्षमा भरतबहादुर खत्री छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीसँग अवद्ध श्रमिक संघ सदस्यमा जगत अधिकारी, माधव पाण्डे, रामजी नेपाली, अमित श्रेष्ठ छन् ।

थ्री स्टार होटल सांग्रिलामा आधिकारिक ट्रेड युनियन २ वटा बनेको छ । संघ गठनसँगै नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले मजदुरको समस्यामा सवै युनियन एकबद्ध हुन अनुरोध गरे ।

होटल श्रमिक संघको नेतृत्व गर्दै आएका उपाध्यक्ष कमलबहादुर सापकोटाले अन्य होटल तथा रेष्टुरेन्टमा श्रमिक संघ गठनमा कुनै समस्या नहुने बताए । ट्रेड युनियन कांग्रेस कास्की सचिव रुद्र तिमिल्सिनाले सांग्रिलामा संघ गठन गर्दा ठूलो चुनौति व्यहोर्नु परेको बताए ।