एमाले र माओवादीको झडपमा प्रहरीको हवाई फायर

529
views

बाँके, ४, असार । बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्तावीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जान लागेका माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताले बाटो छेकेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले केहि राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणका लागि थप प्रहरी घटनास्थल पठाइएको छ । एमाले कार्यकर्ताहरुले प्रहरीलाई ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।