भ्रष्टाचारविरुद्ध मुखमा पानी हाल्दिनँ – प्रधानमन्त्री

455
views

काठमाडौं, ३, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता दोहोर्याएका छन् ।

संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले कोरोनाविरुद्ध सरकारले चालेका कदम सही र उचित भएको बताए । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा नेपालको अर्थतन्त्र सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताए ।

कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका सबै प्रतिबद्धतालाई पूरा गर्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।