मुस्लिम र हिन्दु समुदायबीच झडपपछि कर्फ्यू

365
views

मलंगवा, ३, असोज । विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयमा सर्लाही सदरमुकाम मलंगवा–३ विश्वकर्मा चोकमा मुस्लिम र हिन्दु समुदायबीच झडप भएको छ । शुक्रबार रातिदेखि उत्पन्न भएको झडपले उग्ररुप लिदैं गएपछि प्रशासनले शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश गरेको छ ।

दुई समुदायका मानिस भेला भएर वादविवादसँगै ढुंगामुढा हानाहान भएपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए । झडपमा एकबदर्जन बढी घाईते भएका छन् ।

विश्वकर्मा चौकमा पूजा गरिएको मूर्ती स्थानीय युवाहरु घुमाउन जाँदा दुई समुदायबीच झडप भएको थियो । झडप भएपछि दुबै पक्षबीच ढुङ्गामुढा भएको थियो ।