कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो

598
views

काठमाडौं, ४, असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ६ महिला र ४ पुरुष छन् ।

बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा छ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।