प्रेस युनियनका प्रदेश पार्षद पत्रकार अथकलाई पितृशोक

1949
views

पोखरा, ५, असोज । नेपाल प्रेस युनियन कास्कीका गण्डकी प्रदेश पार्षद् कमल पौडेल‘अथक’ लाई पितृशोक परेको छ ।

उनको पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आधिखोला गाउँपालिका वडा नं ३ पाख्रीबोटमा निधन भएको हो ।

उनी केही समयदेखि फोक्सो सम्बन्धी समस्याका कारण प्रभावित थिए । उनको आज पर्वत मोदीवेणीमा अन्त्येष्टि गरिने छ ।

उनका चार छोरा र एक छोरी छन् । छोरामध्य अथक जेठा छोरा हुन् । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका अथक पोखराको रेडियो सराङकोटममा कार्यरत छन् ।

यसैबीच, नेपाल प्रेस युनियन कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी अथकलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।