एमाले माओवादी झडपमा एकको मृत्यु, पाँच गम्भिर

504
views

बाजुर, ४, असार । बाजुरा छेडेदह गाउँपालिकाको उम्मेदवारी दर्ता गर्ने क्रममा भएको झडपमा एकजनाको मृत्यु भएको छ भने १५ घाईतेमध्ये पाँचको अवस्था गम्भिर रहेको छ । एमाले र कांग्रेस कार्यकर्ताबीचको झडपमा एकजनाको मृत्यु भएको हो भने १५ मध्ये पाँचको अवस्था निकै नाजुक भएको जिल्ला अस्पतालले जनाएको छ । झडपमा हंस राउतको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ । नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको जनाइएको छ । झडपमा कांग्रेस एमालेका झण्डै १५ कार्यकर्ता घाइते भएका हुन् ।