ओलीको ‘कमाउनिष्ट’ शासन–बाबुराम भट्टराई

754
views

काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीप्रति पटापेक्ष गर्दै यो राजाको निरंकुश पञ्यायती शासन हो कि ओलीको कमाउनिष्ट शासन हो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई टिचिङ अस्पताल नलगी जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको भिडिओ सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् ‘डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ! स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !