सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र

1085
views

असोज ८, काठमाण्डौ । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएसंगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए ।