सम्झना विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेतमा पदर्शन

974
views

जितेन्द्र थापा
सुर्खेत । बझाङको मस्टा गाउँपालिकामा बलात्कारपछि हत्या गरिएको भनिएकी सम्झना विक प्रकरणका दोषीलाई कारबाहीको माग गदै सुर्खेतमा पदर्शन गरिएकोे छ ।

कालिकोट सुर्खेत सेवा समाजको आयोजनामा १२ वर्षिय सम्झना विकको न्यायको माग गर्दै र दोषिलाई कडा कार्वाहीको माग गर्दै पदर्शन गरिएको हो ।

सम्झनाको हत्याारालाई हत्यारालाई उन्मुक्ती दिएमा आफुहरु कडा संघर्षमा जाने समाजका अध्यक्ष लोकेश पोखे्लले चेतावनि दिए । 

प्रदर्शनमा सहभागीहरुले सम्झनासहित देशभरि भएका बलात्कारका घटनामा संलग्न दोषीहरुको पहिचान गरी पक्राउ गरेर कानूनी कारबाही गर्न माग गरेका छन्। उनीहरुले ‘सम्झनाका हत्यारालाई फासी दे’ बलात्कारिलाई फासि दिने कानुनको निर्माण गर लेखिएको प्ले कार्ड बोकेका थिए ।

गएको बुधबार बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो।