ओली दाहालबीचको भेटवार्ता सहमति जुट्न नसकेपछि मंगलबार फेरि बस्ने

362
views

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको भेटवार्ता सकिएको छ।

मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी सचिवालयमा प्रस्तुत एजेण्डावारे छलफल गरी समझदारी जुटाउनका लागि बसेको बैठक सहमति जुट्न नसकेपछि मंगलवार्ता बार फेरि बस्ने गरी सकिएको हो।

उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने भएकाले तत्काल पुनर्गठन गर्न नहुने पक्षमा छन् प्रचण्ड हुनुहुन्छु प्रचण्ड निकट एक नेताले भने गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएको सोही दिन फैसला आउने भएकाले दुई दिन पर्खन प्रचण्डले चाहनु भएको हो।ु यो विषयमा प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन्।

प्रचण्डले प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ओलीले भने ९ मन्त्रालय मात्र पूर्वमाओवादी समूहलाई दिन सकिने बताइरहेका छन्। एउटा मन्त्रालयमा कुरा नमिलेको स्रोत बताउँछ।

नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्ताव कार्यान्वयनका क्रममा ४ असोजमा पार्टी सचिवालयमा नेताहरूले छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्रीबाहेक सबै टिम फेर्ने, दुई वर्ष पूरा भएकालाई बिदाइ गरी नयाँ ल्याउने या कार्यक्षमताका आधारमा मात्र फेर्ने भन्ने विकल्पमा छलफल चलेको थियो। कुन विधिमा जाने भन्नेमा शीर्ष नेताहरूकै मत बाझिएको थियो।

त्यसपछि दुई अध्यक्ष पहिला छलफल गरी सचिवालय सदस्यको सुझावका आधारमा मापदण्ड तय गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी अगाडि बढेका हुन्। बिहीबार, शुक्रबार र आइतबार र सोमबार छलफलमा बसे पनि यही विधिमा जाने भन्नेमा ओली र प्रचण्ड समझदारीमा पुगेका छैनन्।

ओलीले त्यसका लागि मन्त्रीहरूसँग एकल र सामूहिक रूपमा छलफल चलाइरहेका छन्। दुई अध्यक्षको छलफलपछि आइतबारै मन्त्रिपरिषद् बैठक बसेको थियो। ओलीले त्यसलगत्तै पूर्वमाओवादी धारका मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेललगायतसँग अलग्गै छलफल गरेका थिए। उनले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतसँग छलफल गरेका थिए।

प्रचण्डले ओलीसँगको छलफलबारे वरिष्ठ नेता नेपाललाई ब्रिफिङ गरेका थिए। उनले शुक्रबार उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपालसँग सामूहिक रूपमा छलफल गरेका हुन्।

प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापा र ऊर्जामन्त्री पुन, शिक्षामन्त्री पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहित स्थायी समिति सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए। प्रचण्डले थापालाई उपप्रधान लिएर मन्त्रालय हेरफेरको चाहना छ कि भनी जिज्ञासा राखेको सोतले जनाएको छ। थापाले भने आफू सरकारमा रहे गृहकै जिम्मेवारीमा रहने बताएका थिए।

प्रधानमन्त्रीको चाहना भने उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पुनर्गठन हुने मन्त्रिपरिषद्मा पनि समावेश गर्ने देखिएको छ। प्रचण्डले थापाको मन्त्रालयका सन्दर्भमा एकपटक आफूले छलफल गर्ने बताएपछि आइतबार बिहान प्रचण्ड–थापा भेट भएको थियो।

प्रधानमन्त्रीले ऊर्जामन्त्री पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मन्त्रिपरिषद्मा राख्न चाहिरहेका छन्। अन्य मन्त्रीका हकमा पनि उनले झिक्ने विषयमा त्यति रुचि नदेखाएको स्रोत बताउँछन्। तर, प्रचण्डसँगको सहमतिका आधारमा मन्त्री झिक्नै परे पनि बढीमा १० जना आसपासमा मात्र फेर्ने योजनामा ओली छन्। गृहमा मन्त्री थापालाई नै प्रधानमन्त्री ओलीले यथावत् राख्न चाहेका छन्।