पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ संक्रमित थपिए

108
views

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा संक्रमित १ हजार ५ सय ५९ थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार देशभरबाट १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

आजको पिसिआर १२ हजार २ सय ५ रहेको र हाल संस्थागत आइसोलेसनमा १० हजार ८७ रहेका छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ छ।देशभरबाट हालसम्म कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले बताए।

आज काठमाडौं उपत्यकामै ९ सय २ संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौंमा मात्र ९ सय ९७ जना संक्रमित थपिएका गौतमले बताए।

त्यस्तै भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।