पीसीआर शुल्क समायोजन नगरेर परीक्षण बन्द गर्ने निजी प्रयोगशालाको चेतावनी

515
views

काठमाडौं, १५, असोज । निजी प्रयोगशाला सञ्चालकले प्रयोगशाला सञ्चालन सम्बन्धी विवाद छलफलवाट नटुंग्याए शनिवारदेखि परीक्षण सेवा बन्द गर्ने निर्णय गरेका छन । सरकारले तोकेको शुल्क कार्यान्वयन नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि निजी प्रयोगशाला सञ्चालकको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भदौ २८ मा तोकिएको २ हजार रुपैयाँमा पीसीआर नगरे अनुमति खारेज गर्ने निर्णय गरेलगत्तै निजी प्रयोगशाला सञ्चालकहरूले तीन दिनको अल्टिमेटम दिएका हुन् ।

तीन दिन घाटा खाएर भएपनि पीसीआर परीक्षण गर्ने र त्यसपछि पनि समायोजन नगरिए सेवा बन्द गर्ने निर्णय प्रयोगशाला सञ्चालकको छ । सरकारले दुई हजार शुल्क निर्धारण गरेपनि निजी प्रयोगशालाले ३ हजार ८ सय ९९ देखि ४ हजार ४ सय रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।

बढी शुल्क लिने प्रयोगशालाले शुल्क समायोजन नगरे स्वीकृति खारेज गर्ने चेतावनी राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौं उपत्यकाका १० र देशैभरीका ५६ वटा प्रयोगशालाले पीसीआर टेष्ट गर्ने अनुमति पाएका छन् ।