जङ्गहा खोलाको पुल जीर्ण बन्दै ,जिर्ण हुदा पनि कसैले चासो नदेखाएको स्थानियको गुनासो

396
views

महोत्तरी । महोत्तरीको औरही नगरपालिका १ औरही स्थित जङ्गहा खोलाको पुल जीर्ण बन्दै गएको छ।
पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका रड बाहिर देखिन थालेको छ।

पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय केदार राउतले बताए।‘पुलको बीचमा खाल्डाखुल्डी छन्, फलामका तारहरु बाहिर निस्केर आएको छ’, उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढेको छ पुल जिर्ण हुदा पनि कसैले चासो नदेखाउदा नगर्दा ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।’

२०६३ सालमा निर्माण भएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको राउतले बताए। त्यस्तै नजिकको नगरपालिकामा रहेका रातो खोलामा क्रसर उद्योगका सवारी साधन ओहोरदोहोर गर्नुका साथै माला बाहक टिफर, मोटरसाइकल र तीन पाङ्ग्रे गाडी ओहरदोहर गर्ने गरेका छ्न्।

पुलमा क्रसर उद्योगका ठूला(ठूला गाडी आवतजावत गर्छन्’, उनले भने, ‘पुल नजिकैबाट बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ’, त्यसैगरी स्थानीय महनजी यादवले पुल निर्माण भएको करीब १५ वर्ष पुग्नै लाग्दा समेत मर्मत गर्न कुनै निकायबाट पहल नभएकोले पुल जिर्ण बनेको हुन सक्ने अनुमान गरे ।

औरही,गौशाला र सर्लाही सम्म जोडने सडकअन्तर्गत रहेको उक्त पुलको लम्बाई १४८.५० मिटर रहेको छ। पुल मर्मत सम्भारका लागि स्थानीयहरु प्रदेश सरकार र स्थानीय सरकारलाई जानकारी गराएको समेत यादवले बताए।

यता वर्ष यामको बेला पुलको दुबै छेउमा गाउँ बचाउनको लागि लगाएको तारजाली समेत भत्केको छ । अहिले रिपोर्टिङ र कतिपय ठाँउमा नयाँ तटबंध बनाउने समेत भएको छ। रिपोर्टिङ भएन भने पुल केहि दिनमा बाढीले बग्न सक्ने खतरा रहेको स्थानीय बिनय यादवले अनुमान गरे ।