पर्वतको फलेवासमा बन्यो जेष्ठ नागरिक भवन

607
views

पर्वत, १६, असोज । पर्वतको फलेवास नगरपालिकाले जेष्ठ नागरिहरुको जमघट हुने भवन निर्माण गरिएको छ । सो भवनमा अब समाजका जेष्ठ नागरिकहरु भेटघाट हुने, जेष्ठ नागरिकहरुका समस्याका बारेमा छलफल गर्ने र उनिहरुलाई दिन विताउन सहजता भएको छ ।

नगरपालिकाको वडा नं. ६ देविस्थामा पहिलोपटक निर्माण भएको हल सहितको २ कोठे जेष्ठ नागरिक भवन फलेवास नगरपालिका र स्थानीयवासीहरुको साझेदारीमा रु.३८ लाख ४६ हजार ७ सय ८७ रुपैयाँको लागतमा निर्माण भएको हो ।

भवनबाट फलेवास नगरपालिकाको वडा नं. ४ मुडिकुवा, ५ खानीगाउँ, वडा नं. ६ देविस्थानका जेष्ठ नागरिकहरु लाभान्वित हुने भएका छन् ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जेष्ठ नागरिकहरु नगरको गहना र प्रेरणाको स्रोत भएको बताउदै उहाँहरुको दैनिकी व्यतित गर्न सहज होस भन्ने उदेश्यले भवन निर्माण गरिएको प्रतिक्रिया दिए ।

नगर उपप्रमुख मन्जु अधिकारीले नगरमा संचालित हरेक कार्यमा स्थानीय जनताले चासो दिनुपर्ने बताउदै आवश्यक सुझाव सल्लाह प्रदान भन्दै देविस्थानमा निर्माण भएको जेष्ठ नागरिक भवनले बृद्धअबस्थाका व्यक्तिहरु उपस्थिति भएर एक अर्काको दुख सुखका कुराहरू आदानप्रदान गर्न सहज भएको बताईन् ।

सो अवसरमा भवन निर्माण र औचित्यको बारेमा नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले स्पष्ट पार्दै जेष्ठ नागरिकहरुलाई खादा र फुलबाट सम्मान गरेका थिए ।