‘युएफा प्लेयर अप द एयर’ लेवान्डोस्की र पेर्निललाई

742
views

एजेन्सी । यस वर्षको ‘युएफा प्लेयर अप द एयर’ अवार्ड जर्मन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीले जितेका छन् । गत सिजन बायर्न म्युनिखलाई युरोपियन च्याम्पियन्स लिगलगायत विभिन्न घरेलु प्रतियोगिता जिताउने पोल्याण्डका खेलाडी लेवान्डोस्की वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् ।

लेवान्डोस्कीले मनोनयनमा परेका अन्य खेलाडीहरु म्यान्चेस्टर सिटीका बेल्जीयन खेलाडी केभिन डे ब्रायन र बायर्नकै गोलकिपर म्यानुअल नायरलाई पछि पारे ।

गत सिजन लेवान्डोस्कीले जर्मन लिगमा ३४ गोल तथा च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

महिलातर्फ ‘यूएफा प्लेयर अफ दि इयर’ को अवार्ड इंग्लीश क्लब चेल्सीकी डेनिस खेलाडी पेर्निल हार्डरले जितिन् ।

यसैगरी बायर्न म्युनिखका जोसुवा किमिच वर्षको उत्कृष्ट डिफेन्डर चुनिंदा बायर्नकै नायर उत्कृष्ट गोलरक्षक बने ।

उत्कृष्ट मिडफिल्डरको उपाधि भने म्यान्चेस्टर सिटीका डे ब्रायनले हात पारे ।

प्रशिक्षकमा पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ फ्रेन्च क्लब लियोंका यान लुक भासेर उत्कृष्ट चुनिए ।

इंग्लीश क्लब चेल्सी तथा आइभरी कोस्टका पूर्व खेलाडी डिडियर ड्रोग्बालाई यूएफा प्रेसिडेन्ट अवार्ड प्रदान गरियो ।