दैलेखमा जनसरकार प्रमुखसहितको टोली नेकपा क्रान्तिकारी (माओवादीमा) प्रवेश

833
views

जितेन्द्र थापा
दैलेख । शुक्रबार दैलेखमा (क्रान्तिकारी माओवादी) को जिल्ला कमिटी एकता तथा बिस्तारित र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भैरवी गाउपालिका वडा न ३ डाडिमाडिमा बिस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला पार्टी सेक्रेटरी बिरेन्द्र सिहको अध्यक्षतामा र कार्यक्रममा कार्यक्रम को प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य कृष्ण गुरुङ ( आस्मान ) को रहेको थियो । जिल्ला कमिटी एकता तथा पार्टी पर्वेश कार्यक्रममा बिप्लब नेकपाबाट ३८ जना नेकपा(क्रान्तिकारी माओवादि)मा प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेमा नेकपा विप्लवका जिल्ला जनसरकार प्रमुख मदन शाही, प्रदेश कमिटी सदस्य तथा दलित मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य छबिलाल नेपाली,एकीकृत नेकपा माओवादी राज्य कमिटि सदस्य तथा पुर्व जिविस सदस्य राज बहादुर शाही क्रान्तिकारी माओवादीमा पर्वेश गरेका छन ।

यस्तै अनेरास्ववियु छैटौंका प्रकाश सुनार,बिप्लव नेकपा सम्बद्ध अखिल (क्रान्तिकारी) विद्यार्थी सघका जिल्ला सचिव नबिन शाही, कोषाध्यक्ष इश्वर शाही, र युवा सघका जिल्ला सदस्य चन्द्र शाही र प्रकाश शाहिले पार्टी प्रवेश गरेको नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रिय सदस्य कृष्ण गुरुङ्ग (आस्मान)ले बताए ।

कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादी पार्टिका केन्द्रिय सदस्य आस्माले भने ञ जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशालाइ वैज्ञानिक तरिकाले लागु गर्नुपर्ने र सबै तह तप्कामा छरिएर रहेका सच्चा कम्युनिस्टहरु एक ठाउँमा आइ आधुरो रहेको क्रान्तिलाइ सप्पन्न गर्न दैलेखबाट एकताको सन्देश दिन हामी सफल भएका छौ सबै एक ठाउमा नाआइ क्रान्ति सफल हुन सम्भब छैन ।’

नेपाल कम्युनिस्ट पार्टी जनसरकार प्रमुख मदन शाहिले क्रान्तिकारीको लडाइ हो हाम्रो सिस्टम माक्र्सबादी दर्शन हो यस्लाइ लागु गर्ने निति भएर मात्र हुदैन यस्मा नेतृत्वको टिम चाहिने र सम्पुर्ण कम्युनिस्टहरु एक हुनुपर्ने बताए ।

त्यस्तै अर्का बिप्लव नेकपाका प्रदेश कमिटी सदस्य छबिलाल नेपालिले भने ञछुट र फुटले क्रान्ति सफल नहुने र हामीमा टुट र फुटको दुबै अनुभव रहेको र अर्को क्रान्तिलाइ सफल पार्न इमान्दार साथिहरु एक ठाउमा आई एकताको संदेश दैलेखबाट सुरुवात गर्यौ ।’

बिगतको आफ्नो अनुभव र क्रान्तिलाइ गतिशील बनाउन हामिजस्ता योद्धाहरु एकीकृत भएर देशमा भैरहेको अन्याए अत्याचार,लुटका विरुद्धमा सङ्घर्ष गरि नौलो जनवादमा पुग्न एकता बैठक बैज्ञानिक रहेको एकीकृत नेकपाका राज्य कमिटी सदस्य राज बहादुर शाहीले उल्लेख गरे ।

कार्यक्रमको सन्चालन नेकपा क्रान्तिकारी माओवादिका कर्णालि प्रदेश कमिटी सदस्य ललित सुनारले गरेका थिए ।