संगितमा परदेशको पीडा, ‘हुन्न रहेछ परदेशमा’

701
views

पर्वत, १८, असोज । इजरायल, दुवै, कतार लामो बसाईसँगै थोपरिएको परदेशी पीडा संगितमा सुन्दा आनन्द, पीडा बोध या हर्षित जे होला त्यो त स्रोता दर्शकलाई नै जिम्मा दिनुपर्दछ । तर, परदेश भोगाईले उद्देलित मनलाई संगितमा भर्दै स्रोता दर्शक माझ आएका युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक गरेका छन् ।

श्रीकृष्ण अधिकारीको शब्दमा कमल रेग्मीको स्वर छ भने कमल रसाइलीले संगीत दिएका छन् । गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन् । विगत एक दशकदेखि अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामग्रीको व्यापारमा समेत संलग्न छन् ।

गायक रेग्मी पनि दुबई र कतार गरी ६ वर्ष विदेशिएका थिए । रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् । यि दुई कलाकारको गीतले सचेत पार्ने परदेशी पीडालाई आउँदो पूस्ताले समेत स्मरण गर्नेछ भन्ने रेग्मी र अधिकारीको आशा छ ।