कोरोना संक्रमित ट्रम्प मास्कसहित कार यात्रामा

541
views

एजेन्सी, १९ असोज । कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा देखिएका छन् । उनी अस्पताल बाहिर कारमा मास्कसहित यात्रामा निस्किएको देखिएका हुन् ।

ट्रम्पले कारबाट हात हल्लाएको तस्वीर समेत सार्वजनिक भएको छ । उनी कारगेडसहित अस्पतालबाहिर पुगेका थिए ।

ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र पुनः वाल्टर रिड मेडिकल सेन्टरस्थित प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्दे दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए । उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताए । उनले भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें ।’ उनले पछिल्लो भोगाईलाई वास्तविक विद्यालय भने । ट्रम्प कारगेडमा निस्कँदा समर्थकहरु खुशी भएका थिए ।(तस्वीरः एजेन्सी